Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोर्चाको ढुंङ्गा प्रहारबाट जीप चालक महतो गम्भीर घाइते - Himalkhabar.com

थप समाचारशनिबार, कार्तिक १४, २०७२

मोर्चाको ढुंङ्गा प्रहारबाट जीप चालक महतो गम्भीर घाइते

हिमालखबर

प्रहरीको स्कर्टिङ्गमा रहेका गाडीहरुलाई मधेशी मोर्चाका कार्याकर्ताहरुले बाराको जीतपुरमा ढुंगा प्रहार गर्दा जीपका चालक महल महतो गम्भीर घाइते भएका छन् ।

जीतपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक ना.१.ज.२४४१ नं.को टाटासुमो जीपमा मोर्चाका कार्यकर्ताले १३ कात्तिक राति ढुंगा प्रहार गर्दा पर्साको पटेर्वाका चालक ३४ वर्षीय महल महतो घाइते भएका हुन् ।

ढुंगा प्रहारबाट जीपको अगाडीको सिसा (विन्डस्क्रिन) फुट्नुका साथै महतोको टाउकोमा गहिरो चोट लागेको छ ।

ढुंगा प्रहार गर्ने दुई जना मोर्चाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

महतोलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायाव उपरीक्षक कृष्णबहादुर बस्नेतले बताए ।

सय लिटर डिजल नष्ट
यसैबिच मोर्चाका कार्यकर्ताले १४ कात्तिकमा एक सय लिटर डिजेल कब्जामा लिई नष्ट गरेका छन् ।

भारतबाट ल्याइएको एक सय लिटर डिजल वीरगञ्जको इनर्वामा संघीय समाजवादी फोरम नेपाल पर्साका उपाध्यक्ष मन्जुर अंसारीको नेतृत्वमा रहेका आन्दोलनकारीहरुले कब्जामा लिएर नष्ट गरेको फोरम नेपाल पर्साका सहसचिव सरिफ अहमदले जानकारी दिए ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>