समाचारआइतबार, कार्तिक १५, २०७२

नवनिर्वाचित उपराष्ट्रपति पुनद्वारा पार्टी जिम्मेवारीबाट राजीनामा

हिमालखबर

punनवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले एमाओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

पुनले आज, १५ कात्तिकमा प्रेस विज्ञप्ति जारी गरी एमाओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका छन् । साथै उनले संविधानले दिएको भूमिकाभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

मुलुकको ऐतिहासिक परिवर्तनका लागि एमाओवादीमा रहेर काम गर्दै आएको उल्लेख गर्दै उनले आजको मितिदेखि लागू हुने गरी सबै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

संविधानसभाबाट नेपालको ऐतिहासिक संविधान जारी भई नव नेपाल निर्माण प्रारम्भ भएको स्मरण गर्दै उपराष्ट्रपति पुनले विज्ञप्तिमा संविधानले सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गरेका छन् ।

शोषित, पीडित तथा उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति सबैको राज्यमा समावेशी, समानुपातिक अधिकार सुनिश्चितताको प्रारम्भिक सुरुवात भएकामा नवनिर्वाचित उपराष्ट्रपति पुनले खुशी व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>