समाचारआइतबार, कार्तिक १५, २०७२

सरकार मोर्चासँग लचकताका साथ प्रस्तुत हुने

रासस

परराष्ट्र मन्त्रालयमा ८ कात्तिकमा मधेशी मोर्चा र सरकारी टोली बीच वार्ता हुँदै । फाइल तस्वीर: रासस

परराष्ट्र मन्त्रालयमा ८ कात्तिकमा मधेशी मोर्चा र सरकारी टोली बीच वार्ता हुँदै । फाइल तस्वीर: रासस

उच्चस्तरीय राजनीतिक समितिको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।

नयाँ संविधानमा असन्तुष्ट भई आन्दोलनमा रहेको मोर्चाका माग सम्बोधनका लागि सरकार लचिलो रहेको भनी आजै, १५ कात्तिकमा हुने वार्तामा आश्वस्त पारिने भएको छ ।

बैठकपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार वार्तामा लचिलो हुने तर राष्ट्रिय हितका प्रश्नमा तलमाथि हुने गरी शर्त मान्न तयार नहुने बताए ।

सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेता रहेको सो समितिले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापालाई आवश्यक अख्तियारी दिएको छ । सरकारी वार्ता टोली र मोर्चाको टोलीबीच आज अपराह्न ४:०० बजे वार्ता हुँदैछ ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलन र वार्तालाई लम्ब्याउँदा जनतामा कष्ट थपिँदै जाने भएकाले वार्तामा अधिकतम लचकताका साथ माग सम्बोधन गर्न सरकार तयार हुने बताए ।

उनले मोर्चाले राखेका पक्राउ परेका आन्दोलनकारीलाई मुद्दा फिर्तालगायत पाँचबुँदे शर्त कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>