Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेश होइन तराई - Himalkhabar.com

टिप्पणीआइतबार, कार्तिक १५, २०७२

मधेश होइन तराई

फणिराज नेपाल

janakpurतराई–मधेशबारे अरू त अरू नेपाली मिडियाकै बुझाइ गलत छ ।

नेपाल एकीकरणपश्चात् एक समुच्च राष्ट्रको रूपमा रहेको चुरेमुनिको मैदानी इलाका घनघोर जंगल क्षेत्र थियो ।

त्यो अनकन्टार क्षेत्रमा औलो पचाउने तराईका मूलवासी थारूको मात्र आवादी थियो । पहाडी भू–भाग टुंगिनासाथ आउने दक्षिणतर्फको समथरलाई सामान्यतः तराई भनियो ।

फारसी भाषाको ‘तराई’ को व्युत्पत्ति खोज्दा ओसिलो, समथर भाग भन्ने बुझिन्छ । १८औं शताब्दीका गोर्खाली कागजपत्रले घना वनले ढाकिएको पूर्वी तराईका जिल्लालाई ‘तरियानी’ भनेको छ ।

डाँडाकाडाले घेरिएको मधेश तराईमा पाइँदैन । बरु त्यो क्षेत्र भारतको मैदानी इलाकाबाट घेरिएको छ ।

तरी र तरियानी
ऐतिहासिक कालमा तराईलाई तरी पनि भनिन्थ्यो । सन् १९७५ मा प्रवर्द्धित संस्करणको व्यावहारिक हिन्दी–अंग्रेजी शब्दकोश अनुसार, पहाड वा उच्च ठाउँबाट वर्षाको पानी झरेर एकत्रित भई जम्ने समतल भाग ‘तरी’ हो ।

त्यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानको नेपाली संक्षिप्त शब्दकोश अनुसार, तराई भन्नाले पहाड फेदीको समतल जमीन हो । १९७१ को एन एकाउन्ट अफ द किंगडम अफ नेपाल मा ‘जलवायुका आधारमा तरियानी अर्थात् तराईको उर्वर मैदान’ भन्ने उल्लेख छ ।

केन्द्रीय तथ्यांक विभागको जनसंख्या विवरण सारिणी नम्बर–४ को विभिन्न गणनामा पूर्वी तराई भनी पर्सादेखि बारा, रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, हनुमाननगर, विराटनगर र झपासम्म; मध्यपश्चिममा पालही, माझखण्ड, खजहनी, स्युराज (हालको कपिलवस्तु, नवलपरासी, रूपन्देही) र सुदूरपश्चिममा बाँकेदेखि कञ्चनपुरसम्मको भू–भागको जनसंख्या विवरण उल्लेख छ ।

सारिणी अनुसार, नेपालको चुरेपछिको दक्षिणी भागलाई सं. १९६८ बाट तराई भनिएको हो ।

पहाडहरूले घेरिएको समतल क्षेत्रमध्ये पूर्वी भित्री मधेश भनेर उदयपुर र चिसापानी तथा मध्य भित्री मधेश भनी चितवन उल्लेख छ । सो क्षेत्रको जनसंख्या विवरणमा थारू र पहाडी समुदाय मात्र उल्लेख छ ।

पहाडले घेरिएको दून वा स–साना समतल क्षेत्रलाई भित्री मधेश र घना जंगल तथा आवादीलाई तात्कालीन अवस्थामा तरियानी भनिएको हो, जुन कालक्रममा अपभ्रंश भई तराई भयो ।

मध्यदेश र मधेश
संस्कृतको ‘मध्यदेश’ को संक्षिप्त रूप हो– मधेश । मनुस्मृति अनुसार, मध्यदेशको उत्तरमा हिमाचल पहाड, दक्षिणमा विन्ध्याचल पर्वत, पश्चिममा राजस्थान र पूर्वमा प्रयाग पर्छ ।

नेपाली संक्षिप्त शब्दकोशका अनुसार, हिमालयदेखि दक्षिण विन्ध्याचलदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेश मध्यदेश हो । इतिहासकार बाबुराम आचार्यले अम्बालादेखि प्रयागसम्मको समतल भूभागलाई मधेश भनेका छन् ।

त्यस्तै, डा. बी.एन. तिवारी र महेन्द्र चतुर्वेदीद्वारा सम्पादित तथा १९७५ मा प्रवद्र्धित संस्करणको हिन्दी–अंग्रेजी शब्दकोशले विन्ध्याचल, कुरुक्षेत्र र अलाहावादबीचको मध्यक्षेत्र प्राचीन मध्यदेश हो ।

१९४७ मा भारत स्वतन्त्र भएपछि राष्ट्रिय संरचनामा आएको फेरबदलमा पञ्जाब, दिल्ली, राजस्थान, उत्तरप्रदेश, बिहार, बंगाल आदि राज्यमा पर्‍यो, प्राचीन मध्यदेश ।

शिक्षा र रोजगारीका लागि उहिल्यैबाट पहाडका मानिस काशी, आसाम, मेघालय (मध्यदेश) जाने चलन थियो । पहाडबाट नेपाली टोपी लगाएर झर्नेेहरूलाई पहाडिया र मध्यदेशबाट पहाड आउनेहरूलाई मधिशे भनिन्थ्यो ।

इतिहासको यो पाटोमा अरू त अरू नेपाली मिडियाकै बुझाइ निकै कमजोर देखिन्छ । विभिन्न संचारमाध्यमले तराईलाई मधेश भनेर भ्रम सिर्जना गरिरहेका छन् ।

आजको अन्तरसम्बन्ध
गैसस अवस्थाको मधेशी जनअधिकार फोरमको अध्यक्ष रहेको वेला उपेन्द्र यादवले आफ्नो किताबमा तराईबारे सटिक लेखेका थिए– ‘तराईमा बस्ने सबै तराईवासी हुन्, तर तराईका सबै मधेशी होइनन् ।

मधेशी भनेको कुनै खास भाषा, संस्कृति, भेषभुषा, रहनसहन र परम्परा भएको समुदाय हो ।’

हुन पनि, नेपालको तराईमा पहाडी र थारूसँगै मधेशीको बसोबास छ । उनीहरूबीच बढेको एकअर्काको संस्कृति स्वीकार्ने चलनलाई समावेशिताको नमूना मान्न सकिन्छ ।

मधेशी दलहरूले गरेका आन्दोलनले भने त्यहाँका ३६ प्रतिशत पहाडी समुदायलाई विश्वासमा लिएको छैन । जबकि, जनगणना २०६८ अनुसार, तराईमा ४० प्रतिशत मधेशी, ३६ प्रतिशत पहाडी, १५ प्रतिशत थारू र मुसलमानसहित अन्य ९ प्रतिशत छन् ।

संघीयता मधेशी पार्टीहरूको मूल मन्त्र भए पनि १२५ जातजाति भएको सानो देशमा अरू समुदायको भावनालाई बेवास्ता गर्दै आफ्नो जातको मात्र सुविधामा जोड दिनुले सकारात्मक परिणाम दिंदैन ।

कालो, गोरो, देशी, मधेशी हिजोका कुरा थिए । आज तराईमा व्यवसाय, व्यवहार, धर्म आदिले सबैलाई जोडिसकेको छ । दशैं, तिहार, छठ, माघी, तीज जस्ता पर्वहरूमा बढ्दो सांस्कृतिक सहभागिताले सौहार्दता बढाएको कुरालाई नकार्न सकिन्न ।

तराई–पहाडको उत्पादन र उपभोगतर्फको अन्तरनिर्भरता पनि त्यस्तै छ । तराईको उद्योगका लागि ऊर्जा र कच्चापदार्थ हिमाल–पहाडले आपूर्ति गरिरहेको छ भने तराईको खाद्यान्नले हिमाल–पहाडलाई ठूलो मद्दत गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>