समाचारआइतबार, कार्तिक १५, २०७२
शहीदका नाममा उपराष्ट्रपति पुनले शपथ लिए

तस्वीर: गोपेन राई
नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले शहीद, देश र जनताको नाममा शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, उपप्रधानमन्त्री कमल थापा, विजयकुमार गच्छदार र टोपबहादुर रायमाझी, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगीव्यवसायी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
पुन व्यवस्थापिका–संसद्बाट शनिबार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
