समाचारआइतबार, कार्तिक १५, २०७२
सभापति कोइरालाको संयोजकत्वमा महाधिवेशन मूल समारोह समिति
नेपाली कांग्रेसले १३ औं महाधिवेशन तयारीबारे छलफल थालेको छ ।
१५ कात्तिकमा बसेको केन्द्रीय समितिको बैठकले फागुनमा हुने १३औँ महाधिवेशनको तयारीका लागि विभिन्न समिति गठन गर्ने बारे छलफल थालेको केन्द्रिय सदस्य गोविन्द भट्टराईले बताए ।
बैठकमा महाधिवेशन तयारीका लागि सभापति सुशील कोइरालाको संयोजकत्वका मूल समारोह, उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नीति तथा कार्यक्रम, आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा विधान, बलबहादुर केसीको संयोजकत्वमा आवास तथा व्यवस्थापन, मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचार, भीमसेनदास प्रधानको संयोजकत्वमा खाद्य तथा व्यवस्थापन र नारायण कोइरालाको संयोजकत्वमा स्वयम्सेवक परिचालन समितिको प्रस्ताव गरिएको छ ।
संविधान जारी भई नयाँ सरकार गठन भएपछि समीक्षा गर्न र महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बसिरहेको छ । पार्टीको आगामी महाधिवेशन २०–३० फागुनमा हुँदैछ ।
संविधान जारी भएपछि राज्यका प्रमुख पदमा कांग्रेसले दिएको उम्मेदवारी र अघोषित नाकाबन्दीबारे पनि बैठकमा छलफल हुने प्रस्ताव छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
