समाचारआइतबार, कार्तिक १५, २०७२

‘सरकार–मोर्चा वार्ता राजनीतिक मुद्दामा प्रवेश’

हिमालखबर

तस्वीर: बिक्रम राई, हिमालखबर

तस्वीर: बिक्रम राई, हिमालखबर

सरकारी वार्ता टोली र मधेशी मोर्चाबीच भएको वार्ता राजनीतिक मुद्दामा प्रवेश गरेको वार्ता टोलीका सदस्यहरुले बताएका छन् ।

१५ कात्तिक साँझ भएको वार्तामा सीमाङ्कन लगायत अन्य राजनीतिक विषयहरुमा छलफल भएको र मोर्चाका मागप्रति सरकार सकारात्मक रुपमा प्रस्तुत भएको संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले बताए ।

उनले भने, “सरकार सकारात्मक देखिएको छ, अन्य दलहरुसँग समेत छलफल गरी ठोस निर्णयमा पुग्ने गरी फेरि वार्ता हुनेछ ।”

अर्को वार्ताको मिति भने तय गरिएको छैन ।

सरकारी वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री कमल थापाले वार्ता सकारात्मक रुपमा अघि बढिरहेको र राहत, क्षतिपूर्ति, शहीद घोषणा लगायतका मोर्चाका प्रारम्भिक मागहरुमा सरकारका तर्फबाट लिखित प्रतिवद्धता व्यक्त गरिएको जानकारी दिए ।

उनले सिमाङ्कन लगायतका विषयमा भने नेपाली कांग्रेस लगायतका अन्य दलहरुसँगै आन्दोलनरत दलका शीर्ष नेताहरुसँग समेत छलफल गरी निष्कर्षमा पुगेपछि अर्को वार्ता हुने बताए ।

राउतले सिमाङ्कनमा पहिलो संविधानसभाले गठन गरेको राज्य पुनःसंरचना आयोगको सिफारिस नै आफूहरुको बटमलाइन भएको संचारकर्मीहरुलाई बताए ।

वार्ता सकारात्मक रुपमा अघि बढेको भन्ने दुबै पक्षले बताइरहँदा पनि मधेशमा जारी आन्दोलन भने मोर्चाले नरोक्ने बताएको छ ।

“वार्ता र आन्दोलन सँगसँगै अघि बढ्छ,” राउतले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>