थप समाचारआइतबार, कार्तिक १५, २०७२

रक्सौलमा रोकिएका ग्यास बुलेट वेलहियाबाट नेपाल भित्रिए

हिमालखबर

gasभारतको रक्सौलमा रोकिएका ग्यासका बुलेट रुपन्देहीको वेलहिया नाकाबाट नेपाल भित्रिएका छन् ।

रक्सौल नाकामा रोकिएका ग्यासका बुलेट वीरगन्जबाट भित्रिन नसकेपछि ‘रि–रुट’ अनुमति लिएर भैरहवाको वेलहिया नाकाबाट भित्र्याइएको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्ज नाकामा अवरोध जारी राखेका कारण रुट बदलेर ग्यास बुलेट नेपाल भित्र्याइएको आयाल निगमले जनाएको छ । अवरोधका कारण विगत एक महिनाभन्दा बढी दिनदेखि ग्यासका बुलेट भारतको रक्सौल नाकामा रोकिएका थिए ।

भारतको रक्सौल नाकामा रोकिएका ग्यासका बुलेट रि–रुट अनुमति लिएर भैरहवा नाकाबाट नेपाल प्रवेश गरेको नेपाल आयल निगमका पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारी डिपोका प्रमुख दिनेश यादवले बताए ।

“रक्सौल नाकामा रोकिएका कतिवटा ग्यासका बुलेट यस नाकाबाट भित्रिने हो, त्यो मलाई थाहा भएन तर रक्सौल नाकाबाट रि–रुट अनुमति लिएका १५ वटा ग्यासका बुलेट भैरहवा नाकाबाट नेपाल प्रवेश गरिसकेका छन्”, डिपोका प्रमुख यादवले भने ।

आजै रातिसम्म यस नाकाबाट २५ वटा ग्यासका बुलेट नेपालमा भित्रिने सम्भावना रहेको उनले जानकारी दिए ।

रुपन्देहीको वेलहियाबाट ग्यासका बुलेटबाहेक इन्धन, खाद्यान्न, मेसिनरी र उद्योगका कच्चापदार्थ बोकेका गाडी पनि धमाधम नेपाल भित्रिरहेका भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>