समाचारसोमबार, कार्तिक १६, २०७२

रक्सौलबाट भारतीय गाडी पठाइएपछि स्थानीय प्रशासनबीच वार्ता जारी, भारततर्फ रोकिएका गाडी नेपाल पठाउने तयारी

हिमालखबर

प्रहरी हस्तक्षेप गरी वीरगञ्जको रक्सौल नाका खुलाउँदै भारतीय गाडीहरु पठाइएपछि अहिले स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ ।

नेपालतर्फ रोकिएका भारतीय गाडीहरु पठाइएपछि भारततर्फ रोकिएका गाडी नेपाल ल्याउने तयारीबारे दुई देशका स्थानीय प्रशासनका उच्च अधिकारीहरुबीच वार्ता भइरहेको छ । भारतीय गाडी चालकहरुले ९ कात्तिकदेखि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्ना दिएपछि दुई देशको स्थानीय प्रशासनको सहमतिमा प्रहरी हस्तक्षेप गरी नाका खुलाइएको हो ।

विहान ४ बजे नै आन्दोलनकारीहरुलाई सुतिरहेको ठाउँबाट प्रहरीले हटाउँदै झण्डै ३ सय हाराहारीमा भारतीय गाडी नाका कटाएको छ । प्रहरी स्रोतका अनुसार नेपालले भारततर्फ जाने गाडी नाका कटाइदिएमा भारतीय प्रशासनले पनि नेपालतर्फ आउने गाडी नाका कटादिने समझदारी भएको छ ।

वीरगञ्जका प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठका अनुसार वार्ता सकिएपछि भारततर्फ रोकिएका गाडी नेपाल आउने वातावरण बन्नसक्छ ।

-राजु श्रेष्ठ, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>