समाचारसोमबार, कार्तिक १६, २०७२

वीरगञ्जमा तीन बजेबाट कर्फ्यू

हिमालखबर

स्थानीय प्रशासनले वीरगञ्जमा अहिले दिउँसो ३ बजेबाट कर्फ्यू जारी गरेको छ ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अवस्था तनावपूर्ण बन्दै गएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो । प्रहरीले धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउँदै भारतीय गाडी नाकाबाट पठाएपछि अवस्था तनावपूर्ण बन्दै गएको छ ।

आन्दोलनकारी र प्रहरीबीचको झडपमा प्रहरीले गोली चलाउँदा एक आन्दोलनकारीको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

…………………………… …………………………………..

नाका खुलाइएपछि वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शन, प्रहरी चौकी जलाइयो

unnamedप्रहरी हस्तक्षेप गर्दै रक्सौल नाका खुलाइएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले यहाँस्थित पावरहाउस, मुर्ली, घण्टाघर, माईस्थानलगायतका चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आक्रोशित आन्दोलनकारीहरुले वीरगञ्जको मुख्य सडकमा रहेको बिजुलीका पोल र बगैचाको बार समेत सबै उखेलिदिएका छन् ।

मितेरी पुलमा नाकाबन्दी गर्न सुतिरहेका आन्दोलनकारीहरुमाथि आक्रमण गरेपनि विचलित नभई आन्दोलन र नाकाबन्दीलाई अझ सशक्त पार्ने र नाकाबन्दीमा जनसहभागिता बढाउने संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकुमार यादवले बताए ।

यसैबीच, पर्साको मिर्जापुरमा रहेको प्रहरी चौकीमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् । मितेरी पुलको धर्नामा प्रहरीले हस्तक्षेप गरेर दमन गरेको भन्दै स्थानीयवासीले मिर्जापुर प्रहरी चौकीमा आगजनी गरेका हुन् । आगजनीबाट प्रहरी चौकीको भवन जलेर नष्ट भएको छ ।

आन्दोलन सुरु भएदेखि नै वीरगञ्जमा थन्किएर रहेका भारतीय गाडीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहबरमा भारततर्फ गइरहेका छ्न् भने भारतबाट कुनै पनि गाडी नेपाल प्रवेश गर्न सकेको छैन् ।

-सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>