समाचारसोमबार, कार्तिक १६, २०७२
चीनबाट पहिलो चरणको तेल साँझ ५ बजे काठमाडौं आइपुग्ने
चीनको केरुङबाट पेट्रोलियम पदार्थ बोकी आएका ट्याङ्करहरु साँझ ५ बजे काठमाडौं आइपुग्ने भएका छन् ।
१२ वटा पेट्रोलका ट्याङ्कर विहान ९ः३० बजे धुन्चेबाट काठमाडौंतर्फ आइसकेका छन् । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार १२ वटा तेल बोकेका ट्याङ्कर काठमाडौँका लागि प्रस्थान गरेको र चारवटा ट्याङ्कर तेल भर्नका लागि रसुवागढी नाकाबाट केरुङ गइसकेका छन् ।
पहिलो चरणमा धुन्चेबाट १२ वटा ट्याङ्करमा एक लाख ११ हजार ५०० लिटर पेट्रोलियम पदार्थ काठमाडौँ गएको बताइएको छ ।
ती सबै ट्याङ्कर साँझ ५ बजेभित्र राजधानीको थानकोटस्थित केन्द्रीय भण्डारणमा पु¥याइने एक नम्बर ट्याङ्करका चालक विवेक लामाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
