समाचारसोमबार, कार्तिक १६, २०७२
माथिको आदेश भन्दै एसएसबीले रुपैडिहा नाका राेकिदिए
भारतीय सुरक्षा बल एसएसबीले नेपालगञ्ज–रुपैडिहा नाका ठप्प पारेको छ ।
माथिको आदेश भन्दै एसएसबीले नाकाबाट कुनै पनि सवारीसाधन आउजाउ गर्न दिएको छैन ।
अहिले दुवैतर्फका मोटरसाइकल, गाडीहरु नेपालगञ्ज–रुपैडिहा आउजाउ गर्न सकेका छैनन् । पैदल यात्री भने आउजाउ गर्न दिएको जमुनहा प्रहरी चौकीले जनाएको छ ।
रुपैडिहा पुगेका नेपाली मोटरसाइकलहरु भने एसएसबीले नेपाल फकाईदिएको जमुनाहा प्रहरीले जनाएको छ ।
१६ कार्तिकमा बिहान डिजेल ८, हवाई इन्धन १ र अन्य मालबाहक गाडी २२ गरी ३१ सवारीसाधनहरु मात्रै नेपाल भित्रिएको प्रहरीले जनाएको छ ।
-केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
