समाचारसोमबार, कार्तिक १६, २०७२
वीरगञ्जमा गोली चल्यो, एक आन्दोलनकारीको मृत्यु
प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाउदा वीरगञ्जमा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
मृतकको नाम भने खुल्न सकेको छैन । शंकराचार्य गेट नजिक प्रहरीको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएको हो ।
प्रहरीले रक्सौल नाका खुलाएपछि आन्दोलनकारीले वीरगञ्जका विभिन्न ठाउँहरुमा प्रदर्शन जारी राखेको छ भने नाका कब्जामा लिइसकेको छ । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो ।
-सुरेश बिडारी, बीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
