समाचारसोमबार, कार्तिक १६, २०७२
अान्दाेलनमा बाह्य नागरिककाे संलग्नता गम्भीरःएमाले
नेकपा एमालेकाे स्थायी कमिटीको बैठकले तराई मधेसका आन्दोलनमा बाह्य मुलुकका नागरिकको संलग्नता हुनु गम्भीर विषय भएको ठहर गरेको छ ।
समसामयिक विषय र सरकार विस्तारबारे पार्टीको केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकले वीरगन्जमा भएको भडप र एक भारतीय नागरिकको मृत्युलाई दुःखद् भन्दै आन्दोलनमा बाह्य नागरिकको संलग्नताले समस्यालाई थप जटिल बनाउने निष्कर्ष निकालेको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बताए ।
नाका खुलाउने प्रहरीको प्रयासपछि चर्किएको आन्दोलनका क्रममा आज पर्सामा एक भारतीय नागरिकको मुत्यु भएको थियो ।
मन्त्रिपरिषद् विस्तारको कार्यसूचीमा पुनः १७ कात्तिकमा छलफल गर्ने गरी बैठक सकिएको छ । बैठकले राष्ट्रपतिमा पार्टीका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी विजयी भएकाेमा बधाई दिएको छ ।
…………………………
मन्त्री छान्न एमाले स्थायी कमिटी बैठक बस्दै
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले मन्त्री छनौट गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा दिउँसो ४ बजेबाट स्थायी कमिटी बैठक बस्ने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका स्वकिय सचिव रमेश आचार्यले बताए । उनका अनुसार मन्त्रिपरिषद्मा पठाउने मन्त्री टुंगो लगाउन बैठक बोलाइएको हो ।
२४ असोजमा व्यवस्थापिका–संसदबाट निर्वाचित प्रधानमन्त्री ओलीले आफ्नै पार्टीबाट मन्त्री छनौट गर्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
