थप समाचारसोमबार, कार्तिक १६, २०७२

प्रहरीसँगको झडपमा गोली लागेर मृत्यु भएका नागरिक भारतीय भएको पुष्टि

हिमालखबर

वीरगञ्जको शंकराचार्य गेटमा प्रहरीसँगको झडपमा गोली लागेर मृत्यु भएका व्यक्ति भारतीय भएको पुष्टि भएको छ ।

प्रहरीका प्रमुख एसपी राजुबाबु श्रेष्ठका अनुसार रक्सौल नयाँ रोडका भारतीय नागरिकको गोली लागेर मृत्यु भएको हो । मृतकको नाम भने एकिन हुन सकेको छैन ।

मृतकको शवमा भेटिएको प्रमाणमा विभिन्न नाम उल्लेख भएकाले नाम पहिचान हुन नसकेको एसपी श्रेष्ठले बताए । एसपी श्रेष्ठले भने, “अमित, आशिष र सोनु नाम उल्लेख प्रमाणहरु भेटिएकाले नाम एकिन हुन सकेको छैन ।”

ती नागरिक आन्दोलनमा संलग्न हुँदै प्रहरमाथि ढुंगामुढा गर्दै अघि बढ्ने क्रममा प्रहरीको गोली लागेको जनाइएको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले यसबारे केही समयपछि गृहमन्त्रालयले विज्ञप्ती जारी गर्ने जनाए ।

उनले हिमालखबरसँग भने, “अहिले बैठक चलिरहेको छ, केही समयपछि विज्ञप्ती जारी गरेर यसबारे प्रष्ट पार्छाै ।” रक्सौल नाका प्रहरीले विहान खुलाएपछि वीरगञ्ज तनावपूर्ण बन्दै आएको छ । विभिन्न ठाउँमा आन्दोलनकारी र प्रहरीबीच झडप भइरहेको छ ।

अवस्था नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले दिउँसो ३ बजेबाट कर्फ्यू जारी गरेको छ ।

-राजु श्रेष्ठ, बीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>