समाचारसोमबार, कार्तिक १६, २०७२

वार्ताप्रति सरकार गम्भीर भएनः माेर्चा

हिमालखबर

पत्रकार सम्मेलन गर्दै माेर्चाका नेताहरु । तस्वीरः विक्रम राई

पत्रकार सम्मेलन गर्दै माेर्चाका नेताहरु । तस्वीरः विक्रम राई

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताप्रति सरकार गम्भीर नभएकाे बताएकाे छ ।

तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालय विजुलीबजारमा पत्रकार सम्मेलन गरी माेर्चाले यस्ताे अाराेप लगाएकाे हाे ।

सरकारले मोर्चासँग गरेको सहमति उल्लङ्घन गर्दै वीरगञ्ज नाकामा प्रहरी हस्तक्षेप गरेकाे माेर्चाका नेताहरुले बताएका छन् ।  सरकारले वार्ताकाे बातावरण समाप्त पार्न खाेजेकाे समेत विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

 

विज्ञप्तीमा तमलाेपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय समाजवादी फाेरम नेपालका उपाध्यक्ष लालबाबु राउत, सद्‌भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण र तमसपाका बरिष्ठ नेता रामनरेश रायले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>