Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारत बाहेकका देशबाट आएको गाडी रोकियो - Himalkhabar.com

थप समाचारसोमबार, कार्तिक १६, २०७२

भारत बाहेकका देशबाट आएको गाडी रोकियो

हिमालखबर

unnamedपूर्वको पानीटंकी सीमा नाकाबाट भारत बाहेकका मुलुकबाट आउने सामान रोकिएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भिम अधिकारीका अनुसार दुई सातादेखि नेपाल छिर्ने पालो पर्खिएर बसेका ३ सय कन्टेनर भारतको पानीटंकीमा थन्किएका छन् ।

ती कन्टेनरमा चीन, अफ्रिका, इण्डोनेसिया, मलेशिया, सिंगापुर लगायतका मुलुकबाट आएका सामान रहेको अधिकारीले बताएका छन् । कोलकाता बन्दरगाहमा अनलोड भई नेपालका लागि हिडेका ती कन्टेनरमा धेरैजसो औद्योगिक कच्चा पदार्थ रहेको बताइएको छ ।

भारतीय सीमा सुरक्षा बलले २ कात्तिकदेखि रोकेका ती कन्टेनरको लाम भारतको पानीटंकी—सिलिगुढी सडकमा करिब सातकिलोमिटर टाढासम्म पुगेको छ ।
यसैबीच, पानीटंकी भन्सार नाकाबाट आज ३६ वटा मालबाहक ट्रक नेपाल छिरेका छन् । ती मध्ये एउटा हवाई इन्धनको ट्यांकर रहेको छ । बाँँकी आलु, प्याज, माछालगायतका सामाग्री भरिएका ट्रक रहेको मेची भन्सारले जनाएको छ ।

इन्धन भर्नको लागि आज भारत गएका अरु १९ वटा ट्यांकरमा पनि भारत जनलाईगुढीको न्युजलपाईगुढी डिपोले लोड दिएको आयल निगम स्रोतले बताएको छ । ती मध्ये १३ वटा डिजेल, पाँच वटा पेट्रोल र एउटा मट्टितेलका ट्यांकर रहेका छन् । भरिएका ट्यांकरहरु १६ कात्तिक रातिसम्ममा नेपाल भित्रिने भन्सार अधिकारीहरुले बताएका छन् ।

–गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>