समाचारसोमबार, कार्तिक १६, २०७२

प्रधानमन्त्री ओलीले मोदीलाई भने, ‘सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोज्दा भारतीय नागरिक मारिए’

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी वीरगञ्जमा आफ्नो नागरिक मारिएकोबारे चासो व्यक्त गरेका छन् ।

एमाले स्थायी समितिको बैठक चलिरहेका बेला मोदीले टेलिफोन गरी घटनामा भारतीय नागरिकको मृत्यु भएको विषयमा चासो राखेका थिए ।

प्रधानमन्त्रीमा प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले आन्दोलनकारीका पक्षबाट सुरक्षाकर्मीलाई आक्रमणको प्रयास भएकाले नियन्त्रणका लागि गोली चलाउँदा घटना भएको जवाफ दिए ।

प्रधानमन्त्री ओलीले नेपालमा भारतीय नागरिक र सवारी साधनको सुरक्षाको कुनै चिन्ता नगर्न र नेपालमा निर्वाध आपूर्तिको व्यवस्थाका लागि आग्रह गरे ।
उनीहरुबीच तराई–मधेसमा जारी आन्दोलन र समस्या समाधानका लागि भएका वार्ताबारे पनि कुराकानी भयो । ओली प्रधानमन्त्री भएपछि मोदीसँगको यो दोस्रो टेलिफोन वार्ता हो ।

मोदीले वीरगञ्जमा भारतीय नागरिक मारिएकोमा दुख व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>