समाचारमंगलबार, कार्तिक १७, २०७२

कर्फ्यू उलङ्घन गर्दै वीरगञ्जमा विहानैदेखि प्रदर्शन

हिमालखबर

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू उल्लङ्घन गर्दै वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले विहानैदेखि प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग विभिन्न ठाउँमा झडप समेत भएको छ । नगवा र ब्रम्ह चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

बाइपास सडकको नगवा चोकमा बिहान मोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

झडपका क्रममा प्रहरीले प्रदर्शनकारीको भिडलाई तितरवितर पार्न २० राउण्ड भन्दा बढी हवाइ फायर गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

यस्तै, बाइपास सडककै ब्रम्हचोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले सडक छेउमा राखेको दुई वटा साइकल प्रहरीले जल्दै गरेको टायरमा हालेपछि आन्दोलनकारी आक्रोसित भएर प्रहरी माथि ढुङ्गा हान्न थालेका थिए ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>