समाचारमंगलबार, कार्तिक १७, २०७२
मन्त्री सत्यनारायण मण्डलको भनाई आधारहीन र उत्तेजनात्मकः भारतीय दूतावास

नेपालका लागि भारतीय राजदूत रणजित रे
भारतीय दूतावासले विनाविभागीय मन्त्री सत्यनारायण मण्डलले विराटनगरमा व्यक्त गरेको धारणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
दूतावासबाट जारी विज्ञप्तिमा मन्त्री सत्यनारायण मण्डलको धारणा उत्तेजनात्मक, आधारहीन र कुत्सित नियतले सिर्जित भएको आरोप समेत लगाइएको छ ।
मन्त्री मण्डले नयाँ संविधानमा भारतीय चासो पूरा नभएपछि उसले मधेशमा आन्दोलन उक्साएकोे बताएका खबर सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए ।
समाचार अनुसार १६ कात्तिकमा वीरगञ्जमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोलीबाट एकजना भारतीय नागरिकको मृत्यु भएपछि मन्त्री मण्डलले बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली जनताले आफ्नो भविष्य आफैं निर्धारण गर्ने भन्दै नेपालमाथि भारतले नव उपनिवेश लाद्न खोजेको आरोप समेत लगाएका थिए ।
उनले सीमाङ्कनमा आफ्नो पनि असहमति रहेको र त्यो बाहेक मधेशका सबै माग सम्बोधन भइसकेको समेत बताएका थिए ।
दूताबासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा आसीन व्यक्तिबाट आएका यस्ता धारणाले परिस्थितिलाई अझ बढी व्याकुल पार्नुको साथै नेपाल र भारतबीच रहेको हार्दिक सम्बन्धलाई समेत नराम्ररी प्रभावित गर्न सक्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
