Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रसुवा बस दुर्घटनाः ३० जनाको मृत्यु (अपडेट) - Himalkhabar.com

समाचारमंगलबार, कार्तिक १७, २०७२

रसुवा बस दुर्घटनाः ३० जनाको मृत्यु (अपडेट)

हिमालखबर

रसुवाको राम्चेमा बस दुर्घटना हुँदा ज्यान गुमाउने यात्रुको संख्या ३० पुगेको छ ।

घटनास्थलबाट ३० वटा शव संकलन भइसकेको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् । सडकबाट करिब २०० मिटर तल अप्ठ्यारो भीरमा खसेको बस कुच्चिएको हुनाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धारको कार्य गरिरहेका छन् ।

काठमाडौँबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नम्बरको बस १७ कात्तिक अपराह्न १ बजे दुर्घटना भएको हो ।

छतमा समेत गरी करिब १०० जना यात्रु रहेको बसको छतबाट हाम फालेर ज्यान जोगाएका शिव आचार्यका अनुसार अघिल्तिरको टायर पड्केपछि बस भिरमा खसेको थियो ।

दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब २०० मिटर तल खसेको हो ।

घटनास्थल सदरमुकाम धुन्चेदेखि १२ किमी दक्षिण टाढा पर्छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ, रसुवा र नुवाकोटका अस्पतालमा पठाइएको पनि गेलालले बताए ।
——————————————————————————————

राम्चेमा बस दुर्घटना, कम्तीमा १२ को मृत्यु
हिमालखबर
रसुवाको राम्चेमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन् ।

काठमाडौंबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नम्बरको यात्रुवाहक बस राम्चे गाविसमा भीरबाट खसेको हो । १२ जनाको मृत्यु भएको पुष्टि भए पनि मृतकको संख्या बढ्न सक्ने रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्षदर्शीले बसको छतमा समेत खचाखत यात्रु रहेको बताएका छन् ।

त्यसैगरी घाइते ३५ जनालाई रसुवा र नुवाकोटका विभिन्न अस्पतालमा पठाइएको पनि गेलालले जानकारी दिए ।
बस सडकबाट करिब २०० मिटर तल भीरमा खसेको छ ।

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>