Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ग्यास कालोबजारी गर्ने ब्यापारी पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक १७, २०७२

ग्यास कालोबजारी गर्ने ब्यापारी पक्राउ

हिमालखबर

एलपी ग्यासको कालोबजारीमा संलग्न झापा काकडभिट्टाका ब्यापारी पुण्य उप्रेतीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

तोकिएको भन्दा बढी मूल्य लिएर त्रिशक्ती ग्यास बिक्री गरेको आरोपमा १७ कात्तिकमा उप्रेती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको ग्यास गोदाममा समेत सिलबन्दी गरेको जिल्ला प्रहरी कार्यालय झापाका नायब उपरीक्षक भीम दाहालले जानकारी दिए ।

यसैबीच ग्यास बिक्रेता संघ, झापाले तोकिएको भन्दा बढता मूल्य नलिन र नयाँ सिलिण्डर नबेच्न बिक्रेताहरुलाई भनेको छ ।

संघले १७ कात्तिकमा बिज्ञप्ति जारी गरी ग्यासको अनावश्यक भण्डारण नगर्न बिक्रेता र उपभोक्तालाई अनुरोध गरेको हो ।

भारतीण्य नाकाबन्दीका कारण ग्यासको नियमित आपूर्ति नहुँदा कतिपय बिक्रेताहरुले प्रति सिलिण्डर रु ५ हजार लिई बिक्री गरेको पाइएको छ ।

बिक्रेताहरुले ग्यासको कालोबजारी गरेको सूचना पाएपछि अनुगमन शुरु गरिएको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए ।

उनले लामो दुरीका बसका डिकीमा सिलिण्डर हालेर ओसारपसार गरिरहेको सूचना पाएकाले बसहरुमा जाँच शुरु गरिएको पनि जानकारी दिए ।

झापामा मासिक एकलाख सिलिण्डर ग्यासको खपत रहेको संघले जनाएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>