थप समाचारमंगलबार, कार्तिक १७, २०७२

ताप्लेजुङमा प्रहरी र आपराधिक समूहबीच भिडन्त, एकको मृत्यु

हिमालखबर

प्रहरीको खोजीको सूचिमा रहेका देउमान लिम्बु (हाराहाङ्) को नेतृत्वमा रहेको आपराधिक समूह र प्रहरीबीच १७ कात्तिक साँझ ताप्लेजुङको सान्थाक्रामा भएको भिडन्तमा एकजनाको ज्यान गएको छ ।

भिडन्तमा परी दुई प्रहरी सामान्य घाइते भएका छन् ।

आज साँझ करिब ५ बजे जिल्लाकै सान्थाक्रा–६ मा आपराधिक समूहको खोजीमा खटिएको प्रहरी टोलीमाथि हाराहाङसहितको चार/पाँचजनाको समूहमा रहेको आपराधिक समूहले गोली प्रहार गरेपछि भिडन्त भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

भिडन्तका क्रममा प्रहरीको गोली लागी अपराधिक समूहका एकजनाको घटनास्थलनमानै मृत्यु भएको र उनको साथबाट समिर लिम्बु नाम गरेको नागरिकता फेला परेको कोइरालाले बताए ।

घटनास्थलबाट प्रहरीले सकेटबम, पाइप बम, कम्ब्याट ड्रेस, बारुद, बिजुलीको तार, रु १४ हजार, व्याट्री चारथान र झोला फेला पारेको छ ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...