Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पाँचसय गाडी पूर्वी नाका पानीट्याङ्कीमा अलपत्र - Himalkhabar.com

समाचारबुधबार, कार्तिक १८, २०७२

पाँचसय गाडी पूर्वी नाका पानीट्याङ्कीमा अलपत्र

हिमालखबर

kakadvittaपूर्वीनाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने अनुमति पर्खिरहेका इन्धन बोकेका तीसवटा ट्याङ्करसहित ५०० भन्दा बढी नेपाली मालबाहक गाडी भारतीय नाका पानीट्याङ्कीमा अलपत्र परेका छन् ।

भारतीय नाकामा भन्सार प्रशासनले सुरक्षा निकायको निर्देशन बिना गाडी पास गराउन नसक्ने बताउँदै आएको छ ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लय भण्डारीले पर्याप्त तेल आउन नपाउँदा इन्धन समस्या झन् जटिल बन्न थालेको बताएका छन् । उनका अनुसार हिजो काँकडभिट्टा नाकाबाट एक टयांकर हवाई इन्धन र एउटा ग्यासको बुलेट मात्र भित्रिएको थियो ।

पेट्रोल र डिजेल बोकेका गाडीलाई भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्नुपर्ने बहानामा रोकिराखेका छन् ।

वीरगन्जमा प्रहरीसँगको झडपमा भारतीय नागरिक मारिएको घटनापछि पूर्वी नाकामा भारतीय सुरक्षाकर्मीले माथिको आदेश भन्दै नेपाली गाडीलाई प्रवेश अनुमति नदिएको हो ।

काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्याम अधिकारीले भारतको पानीट्याङ्की नाकाबाट तीन दिनदेखि गाडी आउने क्रम कम हुँदै गएको बताए ।

पानीट्याङ्की नाकादेखि भारतको अर्को बजार नक्सलबाडीसम्म नेपाली गाडी राजमार्गमा लाम लागेका छन् । त्यस क्रममा नेपाली सामान र चालकको असुरक्षा बढेको ढुवानी व्यवसायी बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>