Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लमजुङमा सम्पन्न अल्ट्राम्याराथनमा पास्कल विजयी - Himalkhabar.com

खेलकुदबुधबार, कार्तिक १८, २०७२

लमजुङमा सम्पन्न अल्ट्राम्याराथनमा पास्कल विजयी

हिमालखबर

अन्तर्राष्ट्रिय म्याराथनमा पुरुषतर्फ प्रथम हुने पास्कल । तस्वीर: युवराज श्रेष्ठ

अन्तर्राष्ट्रिय म्याराथनमा पुरुषतर्फ प्रथम हुने पास्कल । तस्वीर: युवराज श्रेष्ठ

लमजुङमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको ‘नेपाल अल्ट्रा म्याराथन’ प्रतियोगितामा पुरुषतर्फ स्विट्जरल्याण्डका पास्कल मारमियर प्रथम भएका छन् ।

सय किलोमिटरको दुरी १२ घण्टा ३३ मिनेट १८ सेकेन्डमा पार गरेर पास्कल प्रथम भएका हुन् ।

त्यसैगरी बेलायतका रोलो गायनजोन्स द्वितीय र फ्रान्सका पिर्रे पेनिकाउन तृतीय भएका छन् ।

सय किलोमिटर दुरीको दौडमा महिलातर्फ बेलायतका इन्ली ब्रोसल्यान प्रथम भएकी छन् । उनले १७ घण्टा २ मिनेट ४४ सेकेन्डमा दुरी पार गरेकी थिइन । त्यसैगरी बेलायतकै चार्लोटी जेफेरिज द्वितय र फोवे सिर्स तृतीय भएका छन् ।

यस्तै ६० किलोमिटर दुरीको दौडमा पुरुषतर्फ फ्रान्सका गुलोमी वेसन प्रथम भएका छन् ।

उनले ८ घण्टा ३ मिनेट ६ सेकेन्डमा दुरी पार गरेका थिए । सो दौडमा बेलायतका म्याथन स्कीज द्वितीया र फ्रान्सका पिर्रे भिल्ला तृतीय भए ।

६० किलोमिटरकै महिलातर्फ हङकङकी जोनमी हो प्रथम भइन् । उनले ९ घण्टा ११ मिनेट ४४ सेकेन्डमा दुरी पार गरेकी थिइन । त्यसैगरी हङकङकी एलेक्सजेनड्रा डि रोजा द्वितीय र कोनी मा तृतीय भए ।

विदेशी मात्र सहभागी रहेको प्रतियोगितामा २५ देशका ५१ धावक सहभागी थिए ।

प्रतियोगिता एक्सन एशिया र हिमालयन ट्रेल्सको संयुक्त आयोजनामा भएको थियो ।

प्रतियोगितामा अमेरिका, बेलायत, फ्रान्स, स्पेन, फिलिपिन्स, जर्मन, भारत, हङकङ, सिङ्गापुर लगायतका देशका धावकहरु सहभागी रहेको हिमालयन ट्रेल्सका अंकित रायमाझीले जानकारी दिए ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>