Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वले नाकाबन्दी गर्नु पर्छ भनेपछि स्थानीयबासीद्वारा महतोको विरोध - Himalkhabar.com

समाचारबुधबार, कार्तिक १८, २०७२

विश्वले नाकाबन्दी गर्नु पर्छ भनेपछि स्थानीयबासीद्वारा महतोको विरोध

हिमालखबर

mahatoसद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छिमेकी मुलुकसहित सम्पूर्ण विश्वले नै नेपालमाथि नाकाबन्दी गर्नुपर्ने बताएपछि सिमरामा स्थानीयले विरोध गरेका छन् ।

सवारी साधन तोडफोडको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई भेट्न १८ कात्तिक विहान बाराको सिमरास्थित इलाका प्रहरी कार्यालय पुगेका महतोले सडकमै आयोजना गरेको पत्रकार सम्मेलनमा मधेशी मोर्चाको माग पूरा गराउन बिश्वका अन्य देशहरुले पनि नेपालमाथि नाकाबन्दी लगाउनु पर्ने बताएका हुन् ।

उनले भने, “भारत, चीन सहित विश्वका सबै देशले नेपालमा नाकाबन्दी गर्नुपर्छ, हामीलाई सबै देशको सहयोग चाहिएको छ । सम्पूर्ण विश्वले नाकाबन्दी गरेपछि हाम्रो माग पूरा गर्न सरकार बाध्य हुन्छ ।”

स्थानीयको आक्रोश
उनले आन्दोलन दबाउन चाहनेकोे प्रतिकारका लागि आफ्ना कार्यकर्ताले हतियारको माग गरेको पनि बताएका थिए । नाकाबन्दीले मानव अधिकारको हनन नहुने महतोको जिकिर थियो ।

महतोले यसो भनिरहँदा स्थानीयले भने आक्रोश व्यक्त गरे । पत्रकार सम्मेलनमै पछिल्लो पंक्तिमा उभिएका स्थानीयले ‘नाकाबन्दी कहिले खोल्ने ?’, ‘जनतालाई किन दुख दिएको ?, ‘आफू चाहीं गाडी–मोटरसाइकलमा घुम्ने, जनता चढेको गाडीमा ढुंगा हान्न लगाउने ?’ भन्दै आक्रोश पोखेका थिए ।

स्थानीय वासिन्दाले आक्रोश पोख्न थालेपछि प्रहरीले महतोलाई सुरक्षा घेराभित्र राखेको थियो । “सफल हुन लागेको वार्ता वीरगञ्ज घटनाले विथोलिएको छ,” प्रहरीको सुरक्षा घेराबाटै महतोले जवाफ फर्काए,“हामी फेरि पनि वार्तामा बस्न तयार छौं, वार्ताको वातावरण बनाउने काम सरकारको हो ।”

यसअघि वीरगञ्ज–रक्सोल सीमामा धर्ना दिइरहेका आन्दोलनकारीमाथि रक्सौलबासीले गरेको आक्रमणलाई महतोले समान्य आक्रोश भने ।

उनले भने, “आन्दोलनका क्रममा भारतीय नागरिकको मृत्यु भएपछि रक्सौलबासीले आक्रोश पोख्नु स्वभाविक हो ।”

उनले रक्सौलबासीले आक्रोश पोखेपनि धर्ना जारी रहेको र नाकामा आफूहरुलाई कुनै समस्या नभएको दाबी गरेका थिए ।

त्यसैक्रमा स्थानीयले हो–हल्ला गर्न थालेपछि उनीसँगै रहेका करिब दुई दर्जन कार्यकर्ताले कुरा छोट्याउन आग्रह गर्दै तानिरहेका थिए ।

करिब १५ मिनेट सञ्चारकर्मीसँग कुरा गरेका महतो फर्कनै लाग्दा उनी चढेको मोटरसाइकलको साँचो स्थानीयबासीले खोसे ।
उनीहरुले बन्द गराएर जनतालाई दुख दिने तर, आफूचाहीं मोटरसाइकलमा घुम्ने भन्दै साँचो खोसेका थिए ।

उक्त साँचो प्रहरीले फिर्ता गराएर महतोलाई सुरक्षा दिई वीरगञ्जतर्फ पठाएको थियो ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>