थप समाचारबुधबार, कार्तिक १८, २०७२

औषधि अभाव हुन नदिन कार्यदल गठन

हिमालखबर

madicinबजारमा औषधिको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागका निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

लामो समयदेखि इन्धन अभाव भई देशका विभिन्न भागमा औषधिको अभाव देखिन थालेका बेला कार्यदल गठन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कार्यदलका संयोजक बालकृष्ण खकुरेलले औषधिको सहज आपूर्तिका लागि काम शुरु गरिसकेको जानकारी दिए ।

बजारमा हल्ला भएको जस्तो औषधि अभाव नभएको तर औषधिको वितरण र ढुवानीमा समस्या भएको उनको भनाई थियो । उनले विदेशबाट ल्याउनु पर्ने औषधि हवाई मार्गबाट ल्याउन पहल भइरहेको जानकारी दिए ।

“स्वदेशमै धेरैखाले औषधिको उत्पादन हुन्छ तर इन्धन अभावका कारण देशका विभिन्न भागका उत्पादित औषधि पुर्‍याउन कठिनाइ भइरहेकाले त्यसको सहज वितरणका लागि कार्यदलले अध्ययन गरिरहेको छ ”– संयोजक खकुरेलले भने ।

बाहिरबाट आउने औषधिको सहज आपूर्तिका लागि पनि हवाई मार्गबाट ल्याउने विषयमा कुरा अगाडि बढाइसकेको कार्यदलले जनाएको छ ।

औषधिको आन्तरिक वितरणमा सुरक्षाका कारण पनि समस्या आएको भएपनि अस्पतालहरुमा अभाव हुन नदिन प्रयास भइरहेको उनले बताए ।

उनले सर्वसाधारणलाई हल्लाको पछि नलाग्न पनि आग्रह गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>