Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतबाट नाकामा झन कडाई - Himalkhabar.com

समाचारबुधबार, कार्तिक १८, २०७२

भारतबाट नाकामा झन कडाई

हिमालखबर

panitankiरक्सौलबाहेकका नाकाबाट सीमित मात्रामा मालबाहक गाडी नेपाल आउन दिएको भारतले १६ कात्तिकपछि नाकामा झन् कडाई गरेको छ ।

देशका अन्य नाका भन्दा खुकुलो रहेको नेपालगन्ज–रुपैडिया नाका पछिल्लो समयमा भारतले कडा पारेको छ ।

१८ कार्तिक बिहानैदेखि भारतले रुपैडिहाबाट कुनै पनि मालबाहक गाडी नेपालतर्फ आउन दिएन ।

‘माथिको आदेश’ भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भन्सार क्लियरेन्स भैसकेका गाडीहरु पनि रोकिरहेको छ । १६ कात्तिकमा मानिसको आवागमन समेत रोकेको भारतले १७ कात्तिक विहान भने इन्धन बाहेकका सिमित मालवाहक गाडी नेपालतर्फ आउन दिएको थियो ।

अहिले सीमापारी ५ वटा डिजल, ग्याँस २ बुलेट र अन्य मालबाहक गाडीहरु गरी जम्मा ११३ वटा गाडी नेपालमा आउन लाइनमा रहेको जमुनहा प्रहरीले जानकारी दिएको छ ।
केशव राना, बाँके
——————————————————————————–

पानीटंकीमा ६०० गाडी अलपत्र
दुई दिनदेखि नेपाल आउन पालो पर्खिरहेका १८ वटा इन्धनका ट्यांकरलाई एसएसबीले पानीटंकीमा रोकिराखेको छ ।

१८ कात्तिकमा नाकाबाट आएका ४३ मालबाहक गाडी भित्रिए पनि इन्धनको एउटा पनि नरहेकोे मेची भन्सार काँकडभिट्टाका अधिकृत निर्माण भट्टराईले बताए ।

इण्डियन आयल कर्पाेरेसनले बोलाएर १६ कात्तिकमा न्युजलपाईगढी डिपो पुगेका १९ ट्यांकर मध्ये १७ कात्तिकमा एउटा हवाई इन्धनको ट्यांकर मात्र तेल भरेर नेपाल छिरेको थियो । रोकिएका १८ ट्यांकरमा १३ वटा डिजेलका र पाँचवटा पेट्रोलका छन् ।

१७ कात्तिक बिहान बिरगञ्ज—रक्सौल नाकामा एकजना भारतीय प्रदर्शनकारीको ज्यान गएपछि पानीटंकीमा भारतिय पक्षले थप कडाई गरेको काँकडभिट्टास्थित नेपाली अधिकारीहरुले बताएका छन् ।

अहिले उक्त नाकाबाट नेपाल भित्रिन कम्तीमा ६ सय मालबाहक गाडी पालो कुरीरहेका छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>