समाचारबिहीबार, कार्तिक १९, २०७२

तीन दल बैठकमा पुनःनिर्माण प्राधिकरण गठनमा सहमतिको पहल

हिमालखबर

मधेश केन्द्रित दलको जारी आन्दोलन सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा १८ कात्तिक राति अबेरसम्म बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।

बैठकमा विनाशकारी ‘गोरखा भूकम्प’पछिको पुनःनिर्माण प्राधिकरण गठन गर्ने विषयमा पनि छलफल भएको थियो ।

अघिल्लो सरकारले पुनःनिर्माण प्राधिकरण अध्यादेश ल्याए पनि त्यसको अवधि सकिएपछि पुनः निर्माणका कामले गति पाउन सकेको थिएन ।

यसबारे सरकारले संसद्मा नयाँ विधेयक ल्याउनुपर्नेछ । गत वैशाख १२ को विनासकारी भूकम्पपछि सो प्राधिकरण गठनमा तीन दलबीच विगतमा सहमति भएको थियो ।

सरकारले राष्ट्रिय महत्वका सवालमा प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि छलफल गर्दै जाने क्रममा बैठक गरिएको र आगामी दिनमा पनि यस्ता छलफल कायम राख्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

नयाँ सरकार बनेपछि राजनीतिक समस्या समाधानबारे आज पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

बैठकमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र एमाओवादीका नेता सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>