समाचारबिहीबार, कार्तिक १९, २०७२
एमालेले नयाँ मन्त्रीहरुको टुंगो लगायो, सपथ ग्रहणको तयारी हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाट मन्त्रिपरिषद्मा सहभागी हुने थप मन्त्रीहरुको टुंगो लगाएका छन् ।
पार्टी उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु पौडेल, नेताहरु शेरधन राई र आनन्द पोखरेललाई मन्त्री बनाउने निर्णय गरेका छन् । उनीहरुलाई सपथ ग्रहणका लागि तयारी रहन सूचना दिइसकेको एमाले स्रोतले जनाएका छन् ।
रावललाई उपप्रधान तथा सहरी विकास, शाक्यलाई श्रम तथा रोजगार, पौडेललाई अर्थ, राईलाई सञ्चार र पोखरेललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
२४ असोजमा प्रधानमन्त्री निर्वाचित ओलीले आफ्नै पार्टीबाट मन्त्रीहरुको टुंगो लगाउन सकेका थिएनन् । लगातार बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रीहरुको नाम छनौट गर्ने जिम्मेवारी दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>