समाचारबिहीबार, कार्तिक १९, २०७२

मन्त्री अस्वीकार गरेकी अष्टलक्ष्मीले भनिन्, ‘एउटै मान्छे कति पटक मन्त्री हुने ?’

हिमालखबर

urlनेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री पद अस्वीकार गरेकी छिन् ।

उनले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनमार्फत मन्त्री नहुने जानकारी गराएकी हुन् । उनलाई प्रधानमन्त्री ओलीले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीसहित सपथग्रहण गराउने तयारी गरेका थिए ।

शाक्यले हिमालखबरसँग भनिन्, “एउटै मान्छे कति पटक मन्त्री हुने ?” उनी यसअघि महिला बालबालिका र उद्योग मन्त्री भइसकेकी छिन् ।

शाक्यले एउटै मान्छे मन्त्री भइरहँदा नेतृत्व रोकिने बताइन् । उनले भनिन्, “मन्त्री हुने थुप्रै नेताहरु हुनुहुन्छ ।” उपाध्यक्ष शाक्यले मन्त्रीका लागि योग्यता पुगेका नेताहरु थुप्रै भएको जानकारी गराउँदै झण्डै दर्जन नेताहरु भनिन् ।

“नयाँलाई अवसर दिनुपर्छ भनेर मात्रै मैले मन्त्री नहुने भनेकी हुँ”, शाक्यले भनिन्, “म बाहिर बसेर सरकारलाई सहयोग गर्छु ।”
प्रधानमन्त्री ओलीलाई राम्रो मन्त्रिपरिषद् बनाउँदा मात्रै काम गर्न सकिने सल्लाह पनि दिएको शाक्यले बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>