रमझमबिहीबार, मंसिर ७, २०६९
घलेगाउँमा राष्ट्रिय चलचित्र कार्याशाला
नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा आजदेखि देखि ५ दिनसम्म कार्यशाला गोष्ठी हुन लागेको हो । यसअघि १९–२३ असोजमा मिति तोकेको गोष्ठी ७ मंसिर सम्मका लागि स्थगित गरिएको थियो ।
आयोजक चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेलले चाडपर्वका कारण मिति पछि सार्नु परेको बताए । तर नेकपा– माओवादीले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएपछि सबै निर्देशकहरु आउन नसक्ने भएकाले गोष्ठी स्थगित भएको स्रोतले जनाएको थियो । अध्यक्ष पौडेलले भने हिन्दी चलचित्र प्रदर्शनी रोक्दैमा नेपाली निर्देशकलाई खासै असर नपर्ने दावी गरेकाछन् ।
कार्यशला गोष्ठीमा कसरी मौलिक चलचित्र निर्माण गर्ने भन्ने विषयमा छलफल हुनेछ । चलचित्रमा पर्यटन र जातिय विषय एवं गाउँघरको सामाजिक विषय समेट्ने विषयमा छलफल गरिने अध्यक्ष पौडेलले बताए ।
-युवराज श्रेष्ठ, लमजुङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>