समाचारबिहीबार, कार्तिक १९, २०७२
नेपालको ब्याटिङ शुरु
विश्व लिग अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलको तयारी स्वरुप नेपालले हङकङसँग खेल्ने दुई दिवसीय मैत्रीपूर्ण क्रिकेटमा नेपालले ब्याटिङ थालेको छ ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले ६० ओभरमा ४ विकेट गुमाएर २१५ रन बनाएको थियो । २१५ रन बनाएर हङ्कङ्ले इनिङ् समाप्तिको घोषणा गरेपछि नेपालले ब्याटिङ् शुरु गरेको हो ।
————————————————————————————-
नेपाल–हङकङ क्रिकेट: नेपाल टस हारेर बलिङ गर्दै
विश्व लिग अन्तरगतग पपुवा न्यूगिनीविरुद्धको खेलको तयारी स्वरुप नेपालले हङकङसँग खेल्ने दुई दिवसीय मैत्रीपूर्ण क्रिकेट केही अघि शुरु भएको छ ।
यूएईको अबुधावीमा शुरु भएको खेलमा हङकङले टस जितेर ब्याटिङ गरिरहेको छ । शुरुवाती ११.३ ओभरको खेल सकिँदा हङकङले विना विकेट क्षति २६ रन जोडेको छ ।
करण केसी र मेहबुब अलामले बलिङ गरिरहेका छन् भने हङकङका किञ्चित शाह र अंशी रथ क्रिजमा छन् ।
नेपाली टीममा विक्रम सोब र इर्शाद अहमद नयाँ खेलाडीका रूपमा छन् । सुवास खकुरेल, नरेश बुढायर र मेहबुब अलामले पुनरागमन गरेका छन् ।
यस अघिका राष्ट्रिय टीमका खेलाडी विनोद भण्डारी, प्रदीप ऐरी, सिद्धान्त लोहनी र भुवन कार्की भने प्रारम्भिक टोलीमा नै परेका थिएनन् ।
विश्व क्रिकेट लीग च्याम्पियनशिप अन्तरगत पपुवा न्यूगिनीसँग दुई खेल खेल्नुअघि नेपालले हङकङसँगको दुई दिवसीय बाहेक पाकिस्तान, ओमान र यूएईको स्थानीय टिमसँग तीन वटा वान डे म्याच खेल्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
