Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
६ जना उपप्रधानमन्त्रीसहितको मन्त्रिपरिषद् विस्तार - Himalkhabar.com

समाचारबिहीबार, कार्तिक १९, २०७२

६ जना उपप्रधानमन्त्रीसहितको मन्त्रिपरिषद् विस्तार

हिमालखबर

नवनियुक्त उपप्रधानमन्त्रीहरु बायाँबाट क्रमश: चित्रबहादुर केसी. सिपी मैनाली र भीम रावल । तस्वीर: बिक्रम राई, हिमालखबर

नवनियुक्त उपप्रधानमन्त्रीहरु बायाँबाट क्रमश: चित्रबहादुर केसी. सिपी मैनाली र भीम रावल राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दै । तस्वीर: बिक्रम राई, हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना उपप्रधानमन्त्रीसहित थप नयाँ मन्त्रीहरु थपेका छन् ।

उनको मन्त्रिपरिषदमा अव ६ जना उपप्रधानमन्त्री हुनेछन् । १९ कार्तिकमा  नेकपा एमालेका उपाध्यक्ष भीम रावल, नेकपा मालेका महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले   सपथ ग्रहण गराएकी हुन ।

रावलले उपप्रधानसँगै रक्षा, मैनालीलाई महिला बालबालिका र केसीलाई गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि, एमाओवादीका सचिव टोपबहादुर रायमाझी, राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री बनिसकेका छन् ।

मन्त्रिपरिषदमा ६ जना उपप्रधानमन्त्रीको रेकर्ड पहिलो हो । प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित अन्य चार मन्त्रीलाई सपथ ग्रहण गराएका छन् ।

नेकपा एमालेबाट विष्णु पौडेल अर्थ, शेरधन राई सूचना तथा सञ्चार प्रविधि, आनन्द पोखरेल पर्यटन र शान्ता मानवीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>