समाचारबिहीबार, कार्तिक १९, २०७२
सरकारको साँचो कांग्रेससँगः खड्का
नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले ओली सरकारको साँचो नेपाली कांग्रेसको हातमा रहेको दाबी गरेका छन् ।
१९ कात्तिकमा बाँकेको कोहलपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा खड्काले कांग्रेसको सहयोग बिना सरकारले कानून निर्माण, संविधान संशोधनलगायतका काम गर्न नसक्ने भन्दै साँचो कांग्रेसको हातमा रहेको बताएका हुन् ।
पूर्व गृहमन्त्री समेत रहेका खड्काले मधेशको समस्या समाधान साथै अन्य चुनौतिहरुको सामानका लागि सबै दलहरु एक हुनु पर्नेमा जोड दिए ।
उनले पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदमा उम्मेदवारी दिनु गलत भएको भन्दै त्यसै कारण आफूले सह–महामन्त्री पदबाट राजीनामा गरेको दोहोर्याएका थिए ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>