समाचारबिहीबार, कार्तिक १९, २०७२

वीरगञ्जः दिनभर कर्फ्यू हटाइयो, प्रदर्शन भएन

हिमालखबर

तस्वीर: सुरेश बिडारी

तस्वीर: सुरेश बिडारी

वीरगन्जमा १९ कात्तिक दिनभर स्थानीय प्रशासनले कर्फ्यू हटाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बेलुकी आठ बजे सम्मका लागि कर्फ्यू हटाउने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । बेलुकी आठ बजेपछि भने कर्फ्यू जारी रहने छ ।

१६ कात्तिकमा वीरगञ्जमा भएको हिंसात्मक प्रदर्शनमा एकजना भारतीय नागरिकको ज्यान गएपछि अपराह्न ३ बजेदेखि लगाइएको कर्फ्यू यसअघि १७ कात्तिक विहान केही बेर र १८ कात्तिकमा बिहान साढे ८ बजे देखि बेलुकी सात बजेसम्म हटाइएको थियो ।

आज वीरगञ्ज दिनभर नै शान्त रह्यो, कुनै जुलुश प्रदर्शन भएन भने सडकमा रिक्सा टाँगा निर्वाध चलेका छन् । पसलहरु पनि आंशिक रुपमा खुले ।

वीरगञ्ज–रक्सौल सीमाक्षेत्रमा मधेशी मोर्चाको धर्ना भने ४३ दिनदेखि जारी छ ।

यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाराले १६ कात्तिकमा प्रहरीसँगको झडपमा ज्यान गुमाएका भारतीय युवक आशिष रामको परिवारलाई नगद सहयोग गरेको छ ।

मोर्चा बाराका नेताहरुले मृतक आशिष रामका आफन्तलाई भेटेर नगद १६ हजार नेपाली रुपैयाँ सहयोग गरेका हुन् ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>