समाचारशुक्रबार, कार्तिक २०, २०७२
भारतीय नाकाबन्दीविरुद्ध जेनेभामा प्रदर्शन

तस्वीरहरु सौजन्य: ददी सापकोटा
भारतीय नाकाबन्दी विरुद्ध नेपालीहरुले जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
स्विजरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समिक्षा बैठक चलिरहेका बेला कार्यालय अगाडि प्रदर्शनका लागि जर्मनी, फ्रान्स लगायतका देशबाट समेत नेपालीहरु पुगेका थिए ।
बैठकका बेला विश्व समुदायको ध्यान भारतले लगाएको नाकाबन्दीले नेपालमा उत्पन्न संकटतर्फ आकर्षित गर्नकै लागि गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने जर्मनीबाट जेनेभा पुगेका थिए भने बैठकमा ‘डेलिगेट’ का रुपमा पुगेका गोविन्द बन्दीले प्रदर्शनको स्वीकृति लिने लगायतको व्यवस्था मिलाएका थिए ।
युरोपमा रहेका करिब ७० जना नेपालीको सहभागितामा गरिएको प्रदर्शनको आयोजना फ्रान्समा रहेका नेपाली पत्रकार ददी सापकोटको सक्रिय सहभागितामा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
