Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एक वर्षमा पाँच किलोमीटर! - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, कार्तिक २०, २०७२

एक वर्षमा पाँच किलोमीटर!

हिमालखबर

– सुशीला बुढाथोकी
melamchiएक वर्षछि अर्थात्, असोज २०७३ सम्ममा मेलम्ची खोलाको पानी खान पाइने आशा साँचेका उपत्यकावासीको सपना यसपटक पनि तुहिने भएको छ ।

काठमाडौंवासीले दुई दशकदेखि पर्खिरहेको मेलम्ची यसअघि २०६३, २०७० र वैशाख २०७३ सम्म आइसक्ने बताइएको थियो । सुरुङ खन्ने काम आधा पनि नसकिएपछि पछिल्लो पटक ठेक्काको अन्तिम मिति असोज २०७३ भित्र आइसक्ने बताइएको थियो ।

तर, काम शुरू भएको दुई वर्षा अर्थात् १ कात्तिक २०७२ सम्म मेलम्चीबाट पानी ल्याउने सुरुङको कुल २७ कि.मी. ५८२ मी.मध्ये १३ कि.मी. ७५६ मी. मात्र खनिएको छ । सरकारले २०७० मा सुरुङ निर्माण ३६ महीना अर्थात् तीन वर्षमा सक्ने गरी इटालीको निर्माण कम्पनी सीएमसी डी राभेनासँग सम्झौता गरेको थियो ।

आयोजना निर्माणमा सरकारलाई सघाइरहेको प्रमुख दातृ संस्था एशियाली विकास ब्यांक -एडीबी) का नेपाल निर्देशक केनीची योकोयामा सुरुङ निर्माण कार्य कार्यतालिकाभन्दा पछि परेकोले ६ महीनासम्म लम्बिने बताउँछन् । उनका अनुसार सारै ढिलो भए पनि सुरुङ निर्माण कार्य वैशाख २०७४ सम्ममा चाहिं सकिन्छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टर्राई पनि आयोजना असोज २०७३ भन्दा ढिलो हुने पक्का भएको तर समयावधि कति बढाउने भन्ने यकिन नभएको बताउँछन् ।

उनी भन्छन्, “ठेकेदारले त अझै तीन वर्षसमय माग गरेका छन् । तर, किन यत्तिका समय चाहियो कारण दिएका छैनन् ।” समितिका अनुसार सुरुङ निर्माणको कुल लागत २८ करोड ७४ लाख डलर रहेको छ ।

ठेक्का सम्झौताको मुख्य काम सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविस अर्न्तर्गत मेलम्ची खोलाको रिर्बमामा मुहान -हेर्डवर्क) निर्माण गरी त्यहाँबाट सुन्दरीजलसम्म सुरुङ बनाउने हो ।

शुरुमा छ ठाउँबाट खन्न शुरू गरिएको सुरुङ अहिले सिन्धु, ग्याल्थुम र अम्बाथानमा सीमित छ । सुरुङबाट मेलम्चीको दैनिक १७ करोड लीटर पानी काठमाडौं उपत्यका ल्याउने र आवश्यक थप पानी नजिकैको याङग्री र लार्के खोलाबाट थप्ने योजना छ । तर, सुरुङ निर्माण कार्य नै अड्किएपछि सम्पूर्ण आयोजना नै अन्योलमा परेको छ ।

अन्योलकै बीच सरकार र ठेकेदारबीच विवाद शुरू भएको छ । ठेकेदार कम्पनीले काम गर्ने वातावरण नभएको भन्न थालेका छन् भने परामर्शदाताले समेत ठेकेदारलाई समयावधि लम्ब्याउन दबाब दिन थालेका छन् ।

आरोप-प्रत्यारोप
२०६९ मा चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनी -सीआरसीसी) सँग ठेक्का तोडिएपछि बाँकी काम तीन वर्षा सकाउने गरी सीएमसीसँग सम्झौता गरिएको थियो ।

सीएमसीले ठेक्का हात पार्दा प्रत्येक वर्षकम्तीमा ८ किलोमीटर खन्ने र सम्झौताको ६ महीना अगावै अर्थात्, २०७३ वैशाखमै काम सकाउने बताएको थियो । तर, उसले काम शुरू गरेको समय फागुन २०७०-फागुन २०७१ सम्मको अवधिमा ५ किमी २०४ मीटर मात्र सुरुङ खनेको देखिन्छ ।

timelineपहिल्यै खनेको ६.५ किलोमीटर घटाउँदा असोज अन्तिमसम्म अर्थात् दुई वर्षा सीएमसीले जम्मा साढे सात किलोमीटर मात्र खनेको छ । यही गतिमा प्रगति हुने हो भने बाँकी १४ किलोमीटर खन्न उसलाई अझै तीन वर्षलाग्ने देखिन्छ ।

ठेक्का सम्झौता २०७० असोजमै भए पनि ठेकेदारले माघबाट मात्रै काम शुरू गरेको थियो । सीएमसीले र्सार्वजनिक गरेका प्रगति प्रतिवेदनहरूमा काम ढिलाइ हुनुमा मानवीय, व्यवस्थापकीय, प्राविधिक तथा प्राकृतिक विपत्ति लगायतका कारण देखाइएको छ । केही समयअघि काभ्रेपलाञ्चोकको सडक पहिरोले लगेपछि १५ दिनसम्म काम ठप्प भएको थियो ।

पछिल्लो समय अवरोधको कारण बनेको छ, तर्राई-मधेश आन्दोलन । बन्दका कारण सिमेन्ट, स्टील, विस्फोटक पदार्थलगायतका सामग्री अभाव भएकोले काममा अवरोध पुगेको सीएमसीको दाबी छ । १२ वैशाखको महाभूकम्पले पनि पाँच महीनासम्म निर्माण रोकिएको थियो ।

आयोजनाको प्रगति हेर्दा भने सीएमसीले भनेजस्तो भूकम्प अघि र पछिको काम पनि सन्तोषजनक छैन । शहरी विकास मन्त्रालयका पुर्व सचिव किशोर थापा मेलम्ची आयोजनाले निकै कठिन चरणहरू पार गरिसकेकोले अब केही समयमै गति लिने बताउँछन् ।

“आयोजना चाहिन्छ कि चाहिंदैन भन्ने फैसला गर्न नै धेरै समय खर्च भयो । योजना बनाउन, जग्गा अध्रि्रहण, क्षतिपुर्तिलगायतका अनेक कुरा आए ।”

त्यसो त मेलम्ची आयोजनालाई आकार लिन नै समय लागेको देखिन्छ । २०४५ सालमा नै बेलायतको परामर्शदाता विन्नी एण्ड पार्टनरले गरेको सम्भाव्यता अध्ययनले खानेपानीका लागि उपत्यका बाहिरका २० वटा खोलामध्ये मेलम्ची उत्तम रहेको ठहर गरेको थियो ।

यसपछिका विभिन्न वातावरणीय, भौगोलिक अध्ययनले पनि मेलम्चीलाई नै उपयुक्त विकल्प ठहर गर्‍यो । मेलम्ची परियोजनाका लागि ऋण सम्झौता २०५८ मै भए पनि एडीबी, विश्व ब्यांक, जाइकालगायत दातृ निकायका आ-आफ्ना रुचि र चासोका कारण काम अघि बढ्न सकेन ।

विना कुनै उपलब्धि २०६३ मा ऋण सम्झौता समाप्त हुन पुगेको थियो । त्यसको एक वर्षछि परिमार्जित आयोजनाका आधारमा एडीबीले ऋण सम्झौता संशोधन गरेको थियो ।

आयोजनाका पछिल्ला कामबाट असन्तुष्ट एडीबीले लगानी रोक्ने चेतावनी दिइसकेको छ । ठेकेदारसँगको समस्या सुल्झाउन एडीबीले सरकारलाई पटकपटक सचेत गराए पनि सुरुङ निर्माणमा प्रगति हुनसकेको छैन ।

ठेकेदारलाई प्रोत्साहित गर्न समयअगावै काम सकाएमा सम्झौता रकमको प्रतिदिन ०.५ का दरले ९ प्रतिशतसम्म बोनस दिने प्रावधान राखिएको छ । तर यो प्रावधानले पनि ठेकेदारको कामको गति बढेको छैन ।

आयोजनाका कार्यकारी निर्देशक भट्टर्राई ठेकेदार कामप्रति उत्साहित नहुनु नै समस्या भएको बताउँदै भन्छन्, “काम नभएकै हो । हामीले पनि ठेकेदारलाई ठेक्का अनुसारको काम गराउन नसकेका हौं ।”

स्रोतः मेलम्ची खानेपानी विकास समिति

बलिया ठेकेदार
ठेक्का सम्झौता सकिन लाग्दा ठेकेदार सीएमसीका व्यवहार शंकास्पद देखिन थालेका छन् । उसले हालै मात्र थप समयसँगै अतिरिक्त रकम पनि माग गरेको छ । आयोजनाको अवधि थपिंदा लागत स्वतः बढ्ने अनुमान गरिएको छ ।

त्यसो त सीएमसीले सम्झौताअघि नै आफूले रु.३ अर्ब राखेर आयोजना सिनो हाइड्रोलाई दिने इच्छा प्रकट गरेबाट शुरूदेखि नै आयोजनाप्रति उसको अरुचि देखिएको थियो ।

पुरानो र प्रतिष्ठित कम्पनीको छवि बनाएको सीएमसी आफैंले ठेक्का तोड्न नसक्ने अड्कल पनि गरिएको छ । बरु, कुनै बहानामा ठेक्का लम्बिए वा सरकार आफैंले तोडेको घोषणा गरेमा उसलाई सहज हुने देखिन्छ ।

महँगो मूल्यमा ठेक्का पाएको सीएमसीले रकम बढाउन सक्ने बलियो आधार पनि देखिंदैन । आयोजनाका कार्यकारी निर्देशक भट्टर्राई लक्ष्य अनुसार काम नभएकोले रकम थप गर्ने सम्भावना नरहेको प्रष्ट पार्छन् ।

उनका अनुसार प्रतिदिन ४०-५० मीटरको लक्ष्य राखी काम गर्ने हो भने तोकिएकै मितिमा आयोजना सकिन्छ, ठेकेदारले अतिरिक्त समय खर्चनु पर्दैन ।

तर, मेलम्ची आइहालेमा पनि यसले उपत्यकाको खानेपानी खपतको माग पूरा गर्न नसक्ने एकथरीको तर्क छ । करीब ११ लाख जनता लक्षित मेलम्ची आयोजना कार्यान्वयनमा आइनसक्दै उपत्यकाको जनसंख्या दुई गुणा नाघिसकेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार हाल उपत्यकामा दैनिक ३५ करोड लीटर पानी आवश्यक भए पनि वर्षात्‌मा १५ करोड लीटर र हिउँदमा ९ करोड लीटर मात्र आपूर्ति भइरहेको छ ।

नेपाल खानेपानी संस्थानका एक पूर्व कर्मचारी खानेपानी अभाव समाधानका लागि मेलम्ची आयोजना कुर्नु संकट निम्त्याउनु सरह भएको बताउँछन् । उनी भन्छन्, “मेलम्ची आइहाले पनि अहिलेको जनसंख्यालाई पुग्दैन । त्यसैले विकल्प खोज्नु नै उत्तम हुनेछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>