समाचारशुक्रबार, कार्तिक २०, २०७२
अन्य सामान पनि केरुङबाट भित्रिंदै
भारतको नाकाबन्दीपछि चीनबाट अनुदानमा प्राप्त पेट्रोल बाहेका सामान पनि केरुङ–रसुवागढी नाकाबाट भित्रन थालेको छ ।
अहिले नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ ।
नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा बढीको तयारी पोसाक, लसुन, स्याउलगायत सामग्री नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएको हो ।
नेपालका लागि ल्हासाबाट केरुङसम्म ढुवानी गर्ने जिम्मा लिएको उक्त ट्रान्सपोर्ट कम्पनीका प्रबन्धक स्याङ् सेपिङले ढुवानी कार्य भइरहेको र निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिंदै रसुवागढी हुँदै निर्बाधरुमपा सामान आउने सचिव पौडेलले बताए ।
यस्तै, चीनले अनुदानस्वरुप दिएको पेट्रोलियम पदार्थ लिन आज बिहान १८ वटा ट्याङ्कर केरुङतर्फ प्रस्थान गरेका छन् ।
गत १४ गतेदेखि यता ३७ वटा ट्याङ्करले ल्याएको पेट्रोल केन्द्रीय भण्डारणमा जम्मा भइसकेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल रसुवाले जनाएको छ ।
रासस