Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
काठमाडौंमा तला थप्ने ह्वात्तै घटे - Himalkhabar.com

थप समाचारशुक्रबार, कार्तिक २०, २०७२

काठमाडौंमा तला थप्ने ह्वात्तै घटे

हिमालखबर

गत वैशाखको भूकम्पपछि तला थप्नका लागि नक्सा पास गर्ने नागरिकको सङ्ख्या अत्यन्तै कम भएको काठमाडौँ महानगरपलिकाले बताएको छ ।

“भूकम्पअघि दैनिक तला थप गर्नका लागि आउने २० नक्सामध्ये आधाजसो तला थप्नका लागि नक्सा दर्ता हुने गरेको भए पनि अहिले मुस्किलले दैनिक एउटा मात्र आउने गरेको छ”, महानगरपालिकाका इन्जिनियर वीरबहादुर खड्काले भने ।

इन्जिनियर खड्काका अनुसार भूकम्पअघि र अहिलेमा नक्सापास गर्न आउनेको सङ्ख्यामा खासै फरक नभए पनि पछिल्लो समयमा नागरिकले तला थप्नका लागि भन्दा नयाँ आवास निर्माणका लागि नक्सा पास गर्न आउने गरेका छन् ।

भूकम्पबाट पूर्णरुपमा भत्केका र सोही स्थानमा फेरि आवास निर्माण गर्नका काठमाडौँ महानगरपालिकाले नक्सापासमा विशेष छुटको व्यवस्था गरे पनि सोहीअनुरुप नक्सापास गर्न आउनेको सङ्ख्या कम छ भने नयाँ स्थानमा आवास निर्माणका लागि भने दैनिक २० वटासम्म नक्सापास हुने गरेको छ ।

इन्जिनियर खड्काका अनुसार भूकम्पका कारण आवास पूर्ण रुपमा भत्केको र फेरि सोही स्थानमा नै आवास निर्माण गर्न आउने नगरवासीलाई नक्सा पासका लागि ७५ प्रतिशत छुटको व्यवस्था गरेको भए पनि सोही स्थानमा निर्माणका लागि नक्सा पास गर्नेको सङ्ख्या अत्यन्तै कम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>