थप समाचारशुक्रबार, कार्तिक २०, २०७२
वीरगञ्ज: सिलिन्डरको लाम
मनोज ग्यास कम्पनीले आधा सिलण्डर ग्यास वितरण गर्ने खबर पाएपछि वीरगन्जको नेशनल टेड्रिङ चोक र लिंक रोडमा १९ कात्तिक बिहानैदेखि उपभोक्ताहरुको अत्याधिक भिड लागेको छ ।
ग्यास पाइने आशामा खाली सिलिण्डर सहित पुगेका उपभोक्ताहरुको लाइन नेशनल ट्रेडिङ देखि मुर्ली चोक सम्म पुगेको छ । यस्तै लिंकरोड स्थित मनोज ग्यासको डिलरमा पनि उपभोक्ताहरुको भिड लागेको छ ।
मनोज ग्यास कम्पनीले रु ६९० मा सात किलो एक सय ग्राम ग्यास वितरण गर्ने खबर थाहा पाएर उपभोक्ताहरु बिहानैदेखि खाली सिलिण्डर लिएर नेशनल ट्रेडिङका अगाडि र लिंकरोडमा लाम लागेर बसेका हुन् ।
ग्यास वितरण गर्ने भनेकोले बिहानैदेखि आएर लाईनमा बसेको वीरगञ्ज श्रीपुरका एमपी उपाध्यायले बताए । उनले भने “ग्यास नपाएर दाउरामा खाना बनाएर खाईरहेका छौं ।”
वीरगन्जमा उपभोक्ताका लागि करिब १८ सय वटा आधा ग्यास भरिएको सिलिण्डर आइपुगेका छन् ।
उपभोक्ता मञ्च पर्साका अध्यक्ष दिना प्रसाद गुप्ताले २१ कात्तिक बिहानदेखि ग्यास दिने तैयारी भैरहेको बताए ।
सुरेश बिडारी, वीरगञ्ज