समाचारशुक्रबार, कार्तिक २०, २०७२

तिहारअघि नै अान्दाेलन ट‌ुंगिन्छः स्वास्थ्यमन्त्री चौधरी

हिमालखबर

स्वास्थ तथा जनसंख्या मन्त्री रामजनम चौधरीले तिहार अघि नै मधेशको समस्या हल हुने बताएका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री चौधरीले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा जेनेभाबाट फर्किएकाले अव चाँडै वार्ता सफल हुने बताए । उनले भने, “मधेश आन्दोलनको सहज अवतरणको बाटो खोजिदैछ ।”

सबै जनतामा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आफूले काम गरेर देखाउने प्रतिबद्धता गर्दै मन्त्री चौधरीले भने, “औषधि अभाव भएका स्थानमा समयमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन छिट्टै पहल गर्नेछु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>