Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यो आम-मधेशीको आन्दोलन होइन: नेता नेपाल - Himalkhabar.com

समाचारशनिबार, कार्तिक २१, २०७२

यो आम-मधेशीको आन्दोलन होइन: नेता नेपाल

हिमालखबर

madhav_nepalनेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशमा भइरहेको आन्दोलनमा भारतको संलग्नता स्पस्टरुपमा रहेको बताएका छन् ।

प्रेस चौतारी दाङ्ले २१ कार्तिकमा घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले गत २ महिनादेखि मधेशमा जारी आन्दोलनमा भारतीय नागरिक मारिनु, पेट्रोल बमसहित भारतीय नागरिकहरु फेला पर्नु र आन्दोलनकारीहरुलाई सीमापारि लगेर खाना खुवाइनुले पनि मधेश आन्दोलनमा भारतीय संलग्नता भएको पुष्टि भएको बताए ।

उनले आन्दोलन आममधेशी जनताको नभई मधेश केन्द्रित केही दलको मात्रै भएको पनि दाबी गरे । भने, “मधेशका केही दलहरुको स्वार्थपूर्तिका लागि भारतले असल छिमेकीको सम्बन्ध तोड्नु हुँदैन । छिमेकीलाई समस्यामा पार्नु हुँदैन ।”

नेपालको आन्तरिक मामिला नेपाली आफैंले मिलाउने भन्दै उनले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न भारत सरकारलाई आग्रह गरे ।

उनले प्रश्न गरे, “हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारत हाम्रो छिमेकी या मालिक ?”

मधेशमा आन्दोलन भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहक्षेत्र गुजरातमा पटेल समुदायको पनि आन्दोलन भइरहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले गोर्खाल्याण्डलगायतका क्षेत्रमा समेत भइरहेका समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरे ।

“आन्दोलन नेपालमा मात्र होइन भारतमा पनि भइरहेका छन् । हामीले भारतमा भएका आन्दोलनको बारेमा कहिल्यै बोलेनौं, भारत किन नेपालमा हस्तक्षेप गर्दैछ”, उनले सोधे, “हामी भारतलाई छिमेकीको भूमिकामा आउन आग्रह गर्दछौं, हस्तक्षेपकारीको होइन ।”

अर्को प्रसंगमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले नेकपा एमालेले सन् १९५० को नेपाल–भारत सन्धी पुनरावलोकनको माग धेरै अघिदेखि गरे पनि नभएको भन्दै अब पुनरावलोकन गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

संसदमा पेश भएको संविधान संशोधन विधयकमा भाषा नमिलेकाले केही काटछाँट गरेर अगाडि बढिने नेता नेपालको भनाइ थियो ।

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेका बेला भारतीय मिडियाले नेपाल टुक्राउने समाचार लेखिरहेपछि थप चिन्ता बढाएको उनले बताए ।
देविका घर्ती मगर,दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>