समाचारशनिबार, कार्तिक २१, २०७२
आन्दोलन वर्चस्व स्थापित गराउने उद्देश्यले प्रेरित: सिंह
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले भारतले गरेको नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनबाट देश लथालिङ्ग बनिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
गणेशमान सिंह फाउण्डेशन सुनसरीले धरानमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री सिंहले मधेशी मोर्चाको नामबाट भइरहेको आन्दोलन मधेशी जनताको समस्या समाधान गर्ने उद्देश्यले नभई मधेशका केही सामन्ती नेताको आफ्नो बर्चश्व स्थापित गराउने स्वार्थबाट प्रेरित भएको आरोप लगाउँदै त्यसलाई तराई-मधेशमा बसोवास गर्ने सबै जनताले बुझ्न आग्रह गरे ।
उनले नेपाली जनताका प्रतिनिधिबाट जारी भएको संविधानमा मधेशबासी विभिन्न जाति र समुदायको उन्नतिसँगै समान सहभागिताका लागि धेरै कुरा समेटिएको तर्फ ध्यानाकर्षण गराउँदै संविधानलाई गहनरुपमा अध्ययन गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री सिंहले सिंगो संविधानसभाले हिमाल पहाड र तराईप्रति संवेदनशील भएर संविधानमा नै अधिकार सुनिश्चित गरेकाले त्यसलाई कसैले मान्ने वा नमान्ने भन्ने नहुने बताए ।
उनले मधेशको समस्यालाई कांग्रेसले नजिकबाट नियाली रहेको र कांग्रेसकै नेतृत्वमा समाधान हुने दाबी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
