थप समाचारशनिबार, कार्तिक २१, २०७२

राष्ट्रपतिका स्वकीय सहसचिवमा भट्टराई र गौतम

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सहसचिवद्वयमा शिव भट्टराई र नवराज गौतम नियुक्त भएका छन् ।

कामपा–७, चाबहिल निवासी भट्टराई पत्रकारितासँग सम्बद्ध हुनाका साथै भण्डारी सांसद र रक्षामन्त्री हुँदादेखि नै उनका स्वकीय सचिवका रुपमा काम गर्दै आएका हुन् ।

त्यस्तै सिरहा घर भई मोरङमा कार्यक्षेत्र भएका गौतम पनि उनको सहयोगीका रुपमा रहँदै आएका छन् ।

यसअघि राष्ट्रपतिका स्वकीय सचिवमा झापा तोपगाछी–४ का भेषराज अधिकारी नियुक्त भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...