खेलकुदशनिबार, कार्तिक २१, २०७२

मीरा राई दमक–धरान दौडने

हिमालखबर

ultramarathoonझापाको दमकमा आयोजना हुन लागेको अल्ट्रा म्याराथनमा विश्वप्रसिद्ध धावक मीरा राईले पनि भाग लिने भएकी छन् । उक्त दौडको बीबीसीले छायाँकन समेत गर्नेछ ।

दमकको मुगाधन कृष्णकुमारी प्रतिष्ठानले परोपकार कोष स्थापना गर्ने उद्देश्यले २९ कात्तिकमा अल्ट्राम्याराथन आयोजना गर्न लागेको हो ।

म्याराथनका लागि बेलायतको गो-फण्ड-मी नामक कोष सङ्कलक संस्थाले त्यहाँका दाताहरुबाट रकम संकलन गर्ने प्रतिष्ठानले जनाएको छ । म्याराथनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मिरा राईको बारेमा बीबीसी टेलिभिजनले डकुमेन्ट्री बनाइरहेको समेत जानकारी दिइयो ।

पूर्व माओवादी लडाकु मिरा इटलीमा भएको ११० किलोमिटरको अल्ट्रा म्याराथन २०१५की उपबिजेता हुन ।

प्रजातन्त्र सेननी लेफ्टििनेन्ट मुगाधन राई र उनकी श्रीमती कुष्णकुमारीको सम्झनामा एकबर्ष अघि प्रतिष्ठान स्थापना भएको हो ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...