समाचारआइतबार, कार्तिक २२, २०७२
मधेश केन्द्रित दलहरुभित्रै समस्याः नेता नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मधेश केन्द्रित दलहरुभित्रकै एक स्वर नहुँदा सरकारलाई समस्या परेको बताएका छन् ।
प्रेस चौतारी नेपालले कोहलपुरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सरकारसँगको वार्तामा बस्ने दलहरुबीचको माग समेत एक नभएको बताए । उनले भने, “मधेशका सवै दल आन्दोलनमा छैनन्, भएकाहरुको पनि अजेण्डा मिल्दैन ।”
उनले नेपालको आन्तरिक मामिलामा बाहिरी पक्षले हात हाल्नु राम्रो नहुने बताए । नेता नेपालले भने, “देशले संविधान पाउँदा भारतले नाकाबन्दी गर्नु गम्भीर विषय हो ।”
-केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
