समाचारआइतबार, कार्तिक २२, २०७२
कांग्रेसले सरकारलाई हनिमुन मनाउन दिने
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल सरकारको विरोध नगर्ने भएको छ ।
बरिष्ठ नेता शेरबहादुर देउवाले आजको व्यवस्थापिका–संसदको बैठकमा विरोधका कार्यक्रम नगर्ने बताए । संसदीय दलको बैठक चलिरहँदा देउवाले पत्रकारहरुसँग कुरा गर्दै सरकारको विरोध केन्द्रित कार्यक्रम तत्काल नबनाइने बताएका हुन् । उनले भने, “यो सरकारलाई हनिमुन मनाउन दिनेगरी प्रतिपक्षको भूमिका निर्वाह गर्छौ ।”
कांग्रेसले पूर्वप्रधानमन्त्री सुशील कोइराला सरकारले संसद्मा पेश गरेको विधेयक संशोधन तत्काल अघि बढाउनुपर्ने मागसहित रोष्टम घेराऊ गर्ने तयारी गरेको थियो ।
मधेश आन्दोलन सम्बोधन गर्न एक जिल्ला एक निर्वाचन क्षेत्र नघट्नेगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था संशोधनमार्फत संविधानमा उल्लेख गर्ने विधेयक संसदमा पेश गरिएको छ ।
–कपिल भट्ट, काठमाडाैं