समाचारआइतबार, कार्तिक २२, २०७२
मोदीले बिहारमा हार स्वीकार गरे
भारतको विहार राज्यमा जारी मतगणनामा अधिकांश स्थानमा जनता दल युनाइटेड गठबन्धनले अग्रता लिएपछि प्रधानमन्त्री मोदीले नितिशकुमारलाई फोन गरी बधाई दिएका छन् ।
उनले नितिशकुमारलाई जीतका लागि टेलिफोनमार्फत बधाई दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार कुल २४३ सिटका लागि भएको निर्वाचनमा विहारका पूर्वमूख्य मन्त्री नितिश कुमार नेतृत्वको जनता दल युनाईटेड गठबन्धनले १७६ सिटमा अग्रता लिइरहेको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी ६० सिटमा अग्रस्थानमा छ ।
त्यसैगरी घोषित परिणाममध्ये जनता दल युनाईटेड गठबन्धनले १०६ सिटमा विजयी भएको छ भने ३१ सिटमा बिजेपी गठबन्धन विजयी भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>