Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पाकिस्तानसँग नेपाल १२१ रनले पराजित - Himalkhabar.com

खेलकुदआइतबार, कार्तिक २२, २०७२

पाकिस्तानसँग नेपाल १२१ रनले पराजित

हिमालखबर

यूएईमा भएको एक दिवसीय खेलमा पाकिस्तानका टेष्ट टोलीसँग नेपाल १२१ रनले पराजित भएको छ ।

नेपालले ५ विकेट गुमाउँदै २०५ रन मात्रै बनायो । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि पाकिस्तानले ३२७ रनको लक्ष्य दिएको थियो ।

६ विकेट गुमाउँदै पाकिस्तानले ३२६ रन बनाएको थियो । नेपाल भन्दा निकै सशक्त टोली विरुद्ध नेपालका अनिल मण्डलले अर्ध सतक बनाएपनि लक्ष्य भेटाउन भने सकेन । मण्डलले ६१ रन बनाएका थिए ।

यस्तै, ज्ञानेन्द्र मल्ल ४१, सागर पुन ३९, सुवास खकुरेल २६ र कप्तान पारस खड्का १३ रनमा आउट भएका थिए । नट आउट रहेका शरद भेषवाकरले १४ रन र महबुब आलमले १ रन बनाए ।

…………………………………………………..

पाकिस्तानद्वारा  नेपाललाई ३२७ रनकाे लक्ष्य

युएईमा नेपाल र पाकिस्तानबीच जारी खेलमा पाकिस्तानले नेपाललाई ३२७ रनकाे लक्ष्य दिएकाे छ ।

टस जितेर फिल्डिङ राेजेकाे नेपाल सामू ६ विकेट गुमाउँदै पाकिस्तानले ३२६ रन बनाएकाे छ ।

……………………………………………

नेपाल पाकिस्तानको टेस्ट टोलीसँग भिड्दै

युएईमा नेपाल र पाकिस्तानबीच ५० ओभरको एक दिवसीय खेल शुरु भएको छ ।

संयुक्त अरब इमरेट्स (युएई) को आबुधाबीस्थित शेख जायद रङ्गशालामा अहिले नेपालले टस जितेर फिल्डिङ (बलिङ) रोजेको छ ।

इङ्ल्यान्डसँगको टेस्ट तथा एक दिवसीय शृङ्खलाका लागि पाकिस्तानी टोली युएईमा छ । तीन म्याचको टेस्ट शृङ्खलामा पाकिस्तानले २/० ले कब्जा गरेको थियो ।

चार म्याचको एक दिवसीय शृङ्खला बुधबारदेखि शुरु हुनेछ ।

आइसिसीले आबद्ध राष्ट्रलाई विकास गर्ने उद्देश्यले नेपालको खेल पाकिस्तानीसँग मिलाइदिएको हो ।

पाकिस्तान टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको बलियो टोली हो ।

युएई भ्रमणमा जानुअघि नेपाली कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेले पाकिस्तानविरुद्धको खेललाई नेपाली टोलीले व्यग्रताका साथ प्रतीक्षा गरिरहेको बताएका थिए ।
त्यसैले पनि पाकिस्तानसँग खेल्न पाउनु नेपाली खेलाडीका लागि दुर्लभ अनुभव हुने क्रिकेट विश्लेषकको भनाइ छ ।

नेपालविरुद्ध उत्रिने पाकिस्तानी टोलीमा इङ्ल्यान्डसँगको शृङ्खलाका लागि टोलीमा परेका खेलाडीले नै नेपालविरुद्ध खेलिरहेका छन् ।
नेपाली टोलीमा कप्तान खड्का, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, वसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, शरद भेषवाकर, मेहबुब आलम, विक्रम सोब, नरेश बुढा एर, महेश क्षेत्री, शक्ति गौचन, इर्साद अहमद र करण केसी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>